12.1 C
Kathmandu
 

जिम्बाब्वे : ५० लाख मानिस भोकमरीको चपेटामा

जिम्बाब्वेको एक तिहाइ जनसंख्या भोकमरीको चपेटामा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार झण्डै ५० लाख मानिसलाई खाद्यान्नको जरुरी छ ।

जिम्बाब्वे सुक्खा, चक्रवात र आर्थिक संकटको सामना गरिरहेको छ । विश्व खाद्यान्न कार्यक्रम (डब्ल्यूएफपी) ले ३३ दशमलव १ करोड डलर मद्दतको अपिल गरेको छ ।

डब्ल्यूएफपीका प्रमुख डेभिड बीज्लेले भनेका छन्, ‘अधिकांश मानिसहरु संकटमा छन् र भोकमरीतर्फ बढिरहेका छन् ।’ कुनै समय खाद्यान्नको सम्पन्न जिम्बाब्वे पछिल्लो केही वर्षदेखि खाद्यान्नको समस्याबाट ग्रसित छ ।

सुक्खाका कारण अन्नपात नराम्रोसँग प्रभावित भएका छन् भने खाद्यान्नको मूल्यमा पनि निकै बढोत्तरी भएको छ ।

पानीको स्तर तल जाँदा जिम्बाब्वेको कारिबा इलाकामा रहेको मुख्य ‘पनबिजली प्लान्ट’मा पनि असर पुगेको छ । जसका कारण पूरै देशको बिजुली आपूर्ति प्रभावित भएको छ ।

गएको मंगलबार अपिल जारी गर्दै डब्ल्यूएफपीका प्रमुख बीज्लेले झण्डै २५ लाख जनसंख्या भोकमरीको चपेटामा परिसकेको बताए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर