13.1 C
Kathmandu
 

चितवनमा घट्दै कोरोना संक्रमण

२७ भदौ, चितवन । साउन महिना लागेसँगै उच्च बनेको कोरोना संक्रमणदर विस्तारै घट्दै गएको छ । जिल्लाका र बाहिरबाट उपचारका लागि आउने संक्रमितको संख्या पनि घट्दै गएको छ । गत साउनमा दैनिक २०० हाराहारीमा संक्रमित रहेकामा यही भदौ लागेसँगै संक्रमण घट्दै गएर दैनिक ४० हाराहारीमा झरेको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार साउन ७ गते २५५ जनामा संक्रमण पुष्टि भएको थियो ।

यस्तै, साउन १७ गते २२९, साउन २४ गते २३८ मा संक्रमण देखिएको थियो । साउन मसान्तबाट यो संख्या घट्दै गएको हो । साउन ३१ मा आइपुग्दा २०१ जनामा कोरोना देखिएको थियो । जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा भदौ महिना सुरु भएसँगै यो संख्या थप घट्दै गएको हो । कार्यालयको तथ्यांकानुसार भदौ १ गते १०६ मा संक्रमण देखिएकामा भदौ १० गते आउँदा ९७ मा झरेको थियो । भदौ २० गते ७० मा झरेकामा २४ गते आइपुगदा यो संख्या ४१ मा झरेको छ । साउनमा २७ हजार १९७ को परीक्षण गरिएकामा पाँच हजार २६५ मा संक्रमण देखिएको थियो । भदौ २४ गतेसम्ममा १५ हजार ६१८ को नमुना परीक्षण गरिएकामा एक हजार ७८५ मा संक्रमण पुष्टि भएको उनले जानकारी दिइन् ।

साउनमा संक्रमणका कारण ६६ को मृत्यु भएको र भदौमा सो संख्या ३४ रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । उनका अनुसार जिल्लामा अहिले ६७५ सक्रिय संक्रमित छन् । तीमध्ये ३१ अस्पतालमा उपचाररत छन् भने ६४४ होम आइसोलेसनमा छन् । जिल्लामा हालसम्म २५ हजार १९३ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ४०५ को मृत्यु भइसकेको छ । संक्रमितमध्ये जिल्लामा धेरै महानगरका छन् । जनघनत्व बढी भएका कारण सहरी क्षेत्रमा कोरोना धेरै देखिएको अधिकृत ढकालले बताइन् । साउनको अन्तिम साता जिल्लामा सक्रिय संक्रमितको संख्या दुई हजार ५०० पुगेको थियो । रासस

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

सचिवमा गोकर्ण विष्टको सबैभन्दा बढी मत, भीम आचार्य र टंक कार्की पराजित

१४ मंसिर, चितवन । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा...

उपाध्यक्षमा घनश्याम पराजित, उपाध्यक्षमा अष्टलक्ष्मीलाई लोकप्रिय मत

१४ मंसिर, चितवन । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । उनले जम्मा ७३५ मतका साथ पराजित भएका हुन् । यस्तै अष्टलक्ष्मी...

एमाले अध्यक्षमा केपी ओली निर्वाचित

१४ मंसिर, चितवन । नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित भएका छन्। मंगलबार दिउँसो आएको मतपरिणामअनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम...

कर्णालीका मुख्यमन्त्रीले प्रदेशसभा बैठकमा पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव, भोलि मत विभाजन

१४ मंसिर, कर्णाली । कर्णाली प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत...

विजयी हुने एमालेको नयाँ केन्द्रीय कमिटीले आजै शपथ ग्रहण गर्ने

१४ मंसिर, चितवन । नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ । शपथग्रहण कार्यक्रम मंगलबार...