13.1 C
Kathmandu
 

सत्ता गठबन्धनको बैठक: मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिने सहमति

१४ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुबीच सरकार चाँडै विस्तार गर्ने सहमति भएको छ । आज बिहान बालुवाटारामा बसेको पाँच दलीय गठबन्धनको बैठकमा मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने सहमति भएको नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

गठबन्धनमा रहेका दलहरुले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा भने टुंगोमा पुगिनसकेको उनले बताए । “छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने कुरा भएको छ । कुन–कुन मन्त्रालय पाउने भन्ने निश्चित भएपछि हाम्रोतर्फबाट टुंग्याइहाल्छौं,”  उनले भने । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ४० दिनसम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

सचिवमा गोकर्ण विष्टको सबैभन्दा बढी मत, भीम आचार्य र टंक कार्की पराजित

१४ मंसिर, चितवन । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा...

उपाध्यक्षमा घनश्याम पराजित, उपाध्यक्षमा अष्टलक्ष्मीलाई लोकप्रिय मत

१४ मंसिर, चितवन । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । उनले जम्मा ७३५ मतका साथ पराजित भएका हुन् । यस्तै अष्टलक्ष्मी...

एमाले अध्यक्षमा केपी ओली निर्वाचित

१४ मंसिर, चितवन । नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित भएका छन्। मंगलबार दिउँसो आएको मतपरिणामअनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम...

कर्णालीका मुख्यमन्त्रीले प्रदेशसभा बैठकमा पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव, भोलि मत विभाजन

१४ मंसिर, कर्णाली । कर्णाली प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत...

विजयी हुने एमालेको नयाँ केन्द्रीय कमिटीले आजै शपथ ग्रहण गर्ने

१४ मंसिर, चितवन । नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ । शपथग्रहण कार्यक्रम मंगलबार...