25.1 C
Kathmandu
 

श्रममन्त्री विष्टद्वारा सचिवसँग कार्यसम्पादन सम्झौता

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयका सचिव महेशप्रसाद दहालसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।

मन्त्रालयमा बुधबार भएको कार्यक्रममा कार्यसम्पादन सम्झौता भएको हो । सचिव दहालले पनि मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवं सहसचिव, विभागका महानिर्देशकसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।

सहसचिवहरुले आ– आफ्नो महाशाखाका उपसचिवसँग कार्यसम्पादन गरेका छन् । सरकारले लिएको लक्ष्य समयसीमा भित्रै हासिल गर्न चाल्नु पर्ने कदम र निर्धारित कार्यतालिकासहितको कार्यसम्पादन सम्झौता भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रममन्त्री विष्टलगायत सबै भन्त्रीसँग कार्यसम्पादन सम्झौता गरिसक्नुभएको छ । कार्यसम्पादन सम्झौताले कामप्रति सजग र समयसीमा भित्रै कर्तव्य पालनामा सघाउ पुर्‍याउने मन्त्री विष्टको भनाइ छ ।मन्त्रालयका उच्चअधिकारीले सरकारले लिएको लक्ष्य हासिल गर्न र मन्त्रालयको गरिमालाई बढाउन उच्च मनोबलसहित कार्यसम्पादनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन् । आउँदो आइतबारसम्म सबै शाखा अधिकृतसँग कार्यसम्पादन सम्झौता गरिसक्ने श्रम मन्त्रालयले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर