29.1 C
Kathmandu
 

बालुवाटारमा रहेकाे सुबिसु कार्यालयमा आगलागी

काठमाण्डाै – काठमाण्डौको बालुवाटारमा रहेको इन्टरनेट सेवा प्रदायक सुबिसुको कार्यालयमा आगलागी भएको छ । आधा घण्टाअघि देखि लागेको आगो अझै निभाउन सकिएकाे छैन ।

आगो निभाउन  नेपाली सेना, नेपाल प्रहरी, स्थानीय बसिन्दालगायतले प्रयास गरिरहेका छन् । वारुण यन्त्रमार्फत आगो नियन्त्रणमा लिने प्रयास भए पनि आगो ठूलो फैलिएकाले नियन्त्रणमा आउन ढिलाइ भएको छ ।

कार्यालय वरपर रहेका बिजुलीका पाेल तथा तार जलेर नष्ट भएकाे छ । आगाे अझै पनि नियन्त्रण बाहिर नै रहेकाे छ ।

आगलागीकाे कारण भने अहिलेसम्म नखुलेकाे प्रहरीले बताएकाे छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर