23.1 C
Kathmandu
 

प्रदेश १ मा पनि विद्युतीय बस चलाउने तयारी

विराटनगर । प्रदेश १ सरकारको समन्वयमा निजी क्षेत्रले विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ । बस सञ्चालन गर्नेबारे निजी क्षेत्रले मुख्यमन्त्री शेरधन राईसँग छलफल गरी सहयोगको आग्रहसमेत गरेको छ ।
प्रदेश सरकारको समन्वयमा झापा, मोरङ र सुनसरीभित्र छवटा चार्जिङ सेन्टरको  लागि जग्गा उपलब्ध गराएमा पाँच महिनाभित्रमा विद्युतीय बस सञ्चालन गर्न सकिने बताइएको छ ।

नेपालमै पहिलो पटक काठमाडौमा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको सुन्दर यातायात प्रालिले प्रदेश १ मा पनि बस सञ्चालन गर्ने प्रस्ताव गरेको हो । विराटनगर, काँकडभिट्टा, इटहरी, धरान, दमकलगायत क्षेत्रमा सात कठ्ठादेखि नौ कठ्ठाको दरले जग्गा उपलब्ध भएमा तीन महिनाभित्र चार्जिङ स्टेशन बनाई यातायात सञ्चालन गर्न सकिने सुन्दर याताया प्रालि विद्युतीय सवारी साधनका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिएका छन् ।उनले भने, ‘‘पहिलो चरणमा विराटनगर–काँकडभिट्टा र विराटनगर–धरान बस सञ्चालन गर्ने सोच हामीले बनाएका छौं ।’’ एउटा चार्जिङ स्टेशन निर्माण गर्न ७० लाखसम्म खर्च हुने थापाले बताए । सञ्चालन हुने बसको मूल्य १ करोड ६२लाख पर्छ । ४० सिट क्षमता भएको बसमा उभिएरसमेत गरी ७० जनासम्म यात्रुले यात्रा गर्न सक्ने बताइएको छ । अपांगमैत्रीसमेत हुने बसमा एसीको सुविधा हुन्छ ।

बस सञ्चालन भए सरकारले तोकेको भन्दा ३० प्रतिशत भाडा घट्ने थापाले दाबी गरे । एकपटक चार्ज गरेपछि बस २६८ किलोमिटर दौडन सक्छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यो प्रक्रियाको लागि सरकारले सहजीकरण गर्ने र चाँडै नै विद्युतीय बस सञ्चालनको लागि आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर