29.1 C
Kathmandu
 

काठमाडौंको माइतीघर मण्डलामा बम भेटियो

काठमाडौं – काठमाडौंको माइतीघर मण्डलामा बम भेटिएको छ । माइतीघर मण्डलास्थित सेन्टजेभियर्स कलेज अगाडि बुधबार बिहानै सकेट बम फेला परेको हाे ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले बुधबार बिहानै भेटिएको शंकास्पद वस्तु सकेट बम भएको जानकारी दिए ।

बम भेटिएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय पारेको छ ।

बम कसले राख्यो भन्ने अहिलेसम्म खुलेको छैन । विगतमा बमसँगै पर्चा भेटिने गरे पनि माइतीघरमा त्यस्ता केही पनि फेला नपरेको प्रहरीले जनाएको छ । एसएसपी ज्ञवाली घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर