24.1 C
Kathmandu
 

ऐनविपरीत नागरिकता दिनेलाई कारबाही गरियोस्ः त्रिपाठी

काठमाडौं । सांसद हृदयेश त्रिपाठीले नागरिकता ऐन विपरीत नागरिकता प्रदान गर्ने अधिकारीलाई कारवाही गरेर त्यसको जानकारी सदनलाई गराउन माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले हालै मन्त्रिपरिषद् बैठकले केही नागरिकता खारेज गर्ने निर्णय गरेको सन्र्दभमा उनले नागरिकता दिने लाई पनि कारबाही गर्न माग गरेका हुन् ।

उनले ‘नागरिकता पाउनेलाई मात्रै कारबाही गर्ने तर नागरिकता दिनेमाथि कारबाही किन भएन ?’ भनी प्रश्न गरे । उनले नागरिकता ऐन अनुसार गलत नागरिकता प्रदान गर्ने माथि कारबाही भएको सुन्नमा नआएको भन्दै ती अधिकारीलाई कारबाही गरेर सरकारले सदनलाई जानकारी गराउन माग गरे उनले भने, “नागरिकता त खारेज गरियो सभामुख महोदय, जसले दिएका छन् तिनमाथि कारबाही भयो कि भएन ? कति जनामाथि कारबाही भयो । ती आफै कही बजारबाट किनेका नागरिकता होइन होला । आफैले निर्माण गरेको आफैले हस्ताक्षर गरेको होइन होला । प्रमाणपत्र दिने अधिकारीमाथि के के कारबाही भयो त्यसको जानकारी सदनले पाउन पाए हामी अनुग्रहित हुन्थ्यौं होला ।”

नेपाली कांग्रेसका सांसद मोहमद आफताब आलमले तराईका जिल्लामा बाढी र डुबानबाट प्रभावितका लागि रातह तथा पुनस्र्थापनामा सरकार गम्भीर नभएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए । अनुगमनका क्रममा आफू त्यस क्षेत्र जाँदा रौतहतका बाढी प्रभावितहरुको दयनिय अवस्था देखेको र अन्य स्थानका बाढी प्रभावितको अवस्था पनि त्यस्तै रहेको भन्दै उचित पुनस्र्थापना र राहत वितरणमा सरकार गम्भीर बन्न नसकेको बताए ।

राजपाका सांसद लक्षमणलाल कर्णले बाढी पीडितको उचित प्रबन्धका तत्काल कारबाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । उनले बाढी प्रभावितको राहत तथा पुनस्र्थापनाका लागि सदनमा आवाज उठिराखेको भएपनि त्यसको सुनुवाई नभएकोमा आक्रोश पोखे ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर