19 C
Kathmandu
 

पछिल्लो २४ घण्टामा मुलुकभर ३८९९ जनामा कोरोना संक्रमण, थप १७७८ संक्रमणमुक्त

१२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७७८ जना निको भएका छन् ।

कोभिड–१९ को संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । १.५ प्रतिशत मृत्युदर रहेको नेपालमा ९ हजार ७५८ जनाको मृत्यु भइसकेको छ । हालसम्म ३४ लाख ६२ हजार ३४० जनाले कोरोनाभाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने १४ लाख ५७ हजार ६७० जनाले दुवै डोज खोप लगाएका छन् ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ९५ जनामा कोरोना संक्रमण,२ हजार ९५७ जना संक्रमणमुक्त

४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ८१७ वटा नमूनाको परीक्षण गर्दा...

सामूहिक हत्यामा ५ जनाको संलग्नता, मुख्य योजनाकार लोकबहादुरका काका

४ असोज, काठमाडौं । संखुवासभा हत्याकाण्डको अनुसन्धानमा नयाँ ट्विस्ट आएको छ। हत्या आरोप लागेका २५ वर्षीय लोकबहादुर कार्कीमाथि अनुसन्धान गर्दै जाँदा योजनावद्ध तरिकाले तेजबहादुर...

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकाता र बैंगलोर भिड्दै

४ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र रोयल्स च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गरिरहेका छन् ।  शेख जायद...

पहिरो अवलोकन गर्न पुगेका बुटवलका मेयरलाई स्थानीयले हाने मुक्का

४ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार भएको छ । बुटवलकै ज्योतिनगर क्षेत्रका पहिरो पीडितले उनीमाथि मुक्का प्रहार गरेका हुन्...

बैतडीमा जिप दुर्घटना, ९ जना घाइते

४ असोज, बैतडी । जिल्लामा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जिप आज...