19 C
Kathmandu
 

प्रधानमन्त्रीलाई डा. गोविन्द केसीले पठाए पत्र

काठमाण्डाै – स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले स्वार्थको द्वन्द्व हुने व्यक्तिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व नदिन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएर डाक्टर केसीले स्वास्थ्य क्षेत्रमा यो सरकारबाट धेरै आशा भए पनि सरकारका सुरुवाती गतिविधिले स्वास्थ्य सेवा सुधारको अपेक्षा गरेका नागरिकलाई पहिलै गाँसमा ढुङ्गा लागेको दाबी गर्नुभएको छ । देशको सार्वजनिक स्वास्थ्य प्रणाली धराशायी बनाएर निजी अस्पताल फस्टाएको पृष्ठभूमिमा निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी दिने कदम निन्दनीय भएको र आफूहरूलाई स्वीकार्य नहुने डाक्टर केसीको चेतावनी छ । स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै डाक्टर केसीले नीतिगत भ्रष्टाचारलाई संरक्षण नगर्न सुझाव दिनुभएको छ ।

यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चलिरहेको आन्दोलनका सबै माग पूरा गरेर संस्था सुधारलाई अघि बढाउनुपर्ने, अघिल्लो सरकारको संरक्षणमा रहेर चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धम्क्याउने व्यक्तिलाई कानुनअनुसार कारबाही हुनुपर्ने र कुनै पनि बहानामा निजी मेडिकल कलेज खोल्न नहुने उहाँकाे भनाइ छ ।

यस्तै आउँदाे शैक्षिक सत्रदेखि गेटा मेडिकल कलेजमा र त्यसपछिको शैक्षिक सत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सुरु गर्ने कुरालाई निश्चित गर्न पनि डाक्टर केसीले माग गर्नुभएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ९५ जनामा कोरोना संक्रमण,२ हजार ९५७ जना संक्रमणमुक्त

४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ८१७ वटा नमूनाको परीक्षण गर्दा...

सामूहिक हत्यामा ५ जनाको संलग्नता, मुख्य योजनाकार लोकबहादुरका काका

४ असोज, काठमाडौं । संखुवासभा हत्याकाण्डको अनुसन्धानमा नयाँ ट्विस्ट आएको छ। हत्या आरोप लागेका २५ वर्षीय लोकबहादुर कार्कीमाथि अनुसन्धान गर्दै जाँदा योजनावद्ध तरिकाले तेजबहादुर...

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकाता र बैंगलोर भिड्दै

४ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र रोयल्स च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गरिरहेका छन् ।  शेख जायद...

पहिरो अवलोकन गर्न पुगेका बुटवलका मेयरलाई स्थानीयले हाने मुक्का

४ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार भएको छ । बुटवलकै ज्योतिनगर क्षेत्रका पहिरो पीडितले उनीमाथि मुक्का प्रहार गरेका हुन्...

बैतडीमा जिप दुर्घटना, ९ जना घाइते

४ असोज, बैतडी । जिल्लामा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जिप आज...