19.1 C
Kathmandu
 

सुनचाँदीको मूल्य घट्यो

१० साउन, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य घटेको छ। यस दिन सुनको भाउ तोलामा १०० रुपैयाँले र चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ५०० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै, आइतबार चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा खरिदबिक्री भएको थियो।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर