22.1 C
Kathmandu
 

एफपीओ निष्काशन गर्ने अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो किसान लघुवित्त

१० साउन, काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ  जारी गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीले प्रतिकित्ता १२५ रुपैयाँको दरले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको हो ।

कम्पनीले एफपीओ निष्कासनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । साबिकको एनआरएन लघुवित्तले आईपीओ जारी गरिसकेको किसान लघुवित्तसहित रामारोसन लघुवित्त, क्रियटिभ लघुवित्त र दिव्य लघुवित्तलाई एकवायर गरेको थियो ।

किसानबाहेक साबिकको एनआरएन लघुवित्तले पनि सार्वजनिक निष्कासन गर्न बाँकी रहेको अवस्थामा नेपाल राष्ट्र बैंकको नीतिअनुसार संस्थापक र साधारण सेयर अनुपात ७०ः३० कायम गर्न कम्पनीले एफपीओ जारी गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँअंकित मूल्यमा २५ रुपैयाँ प्रिमियम थप गरेर एफपीओ बिक्री गर्नेछ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर