22.1 C
Kathmandu
 

चीनमा बाढी : १२ जनाको मृत्यु, एक लाखभन्दा धेरैलाई सुरक्षित स्थानमा सारियो

६ साउन, काठमाडौं । मध्य चीनमा अविरल वर्षापछि आएको बाढीको कारण १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बाढीको कारण एक लाखभन्दा धेरै मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीको कारण चीनको हेनान प्रान्तको राजधानी सहर झेङझोउसहितका एक दर्जनभन्दा धेरै सहर बढी प्रभावित भएका छन् ।

सार्वजनिक भएका केही भिडियोमा चिनियाँ सहरको सडक तथा रेल स्टेसनमा मानिसको छातिसम्म पानी आउने गरी बाढी आएको देखिन्छ । चिनियाँ राष्ट्रपति सि जिनपिङले बाढी नियन्त्रणको अवस्था निकै कमजोर रहेको बताएका थिए । जिनपिङले बाढीको कारण ठूलो जनधनको क्षति भएको बताएका छन् । उनले सबै निकायलाई मानिसको ज्यान र सम्पत्तिको सुरक्षालाई प्राथमिकता दिन निर्देशन दिएका छन् । स्थानीय अधिकारीहरुले यसपटक शताब्दीकै ठूलो बाढी आएको बताएका छन् ।

चीनको केही ड्याम तथा रिजर्भायरमा पानीको सतह जोखिमपूर्ण अवस्थामा पुगेका छन् । मानिसहरुको उद्धारको लागि अहिले सैनिकहरु परिचालन गरिएको छ । बाढीको कारण हेनानको धेरै भागमा हवाई तथा रेल सेवा प्रभावित भएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर