19 C
Kathmandu
 

नवलपुरमा चैतेधान उत्पादनमा वृद्धि

४ साउन, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यस वर्ष चैतेधानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष जिल्लामा गत वर्षको भन्दा ४०० मेट्रिक टन बढी चैतेधान उत्पादन भएको हो । कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी शङ्कर पौडेलले यस वर्ष जिल्लाको ७०० हेक्टर क्षेत्रफलमा तीन हजार ३६० मेट्रिक टन चैतेधान उत्पादन भएको जानकारी दिए । “गत वर्षको भन्दा यस वर्ष चैतेधान लगाउने क्षेत्रफलसमेत वृद्धि भएको थियो”, पौडेलले भने, “गत वर्ष ६२० हेक्टर क्षेत्रफलबाट दुई हजार ९४० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ८० हेक्टर बढी क्षेत्रफलमा धान लगाइँदा उत्पादन पनि बढेको हो ।”

जिल्लामा विशेषगरी चैतेधानका रूपमा हर्दिनाथ–१, टाइचिन, स्थानीय अनदी, सिएच ४५ जातको धान रोप्ने गरिएको छ । कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको धान ब्लक कार्यक्रममा कृषक आकर्षित हुँदा चैतेधानको क्षेत्रफल र उत्पादनमा वृद्धि भएको पौडेलले बताए । “हामीले अहिले जिल्लाको गैँडाकोट–११ र कावासोती–१७ मा धान ब्लक कार्यक्रम शुरु गरेका छौँ”, उनले भने, “धान ब्लक कार्यक्रमबाट कृषकलाई अनुदान प्रदान गरेपछि चैतेधानतर्फ उनीहरु आकर्षित भएका हुन् ।” धान ब्लक कार्यक्रममा कृषि ज्ञान केन्द्रले सिँचाइ सुविधाका साथै कृषिमा यान्त्रिकीकरणका लागि अन्य उपकरणमा समेत अनुदान प्रदान गरेको छ ।

जिल्लाभित्र उत्पादन हुने चैतेधान कृषक आफैँले बिक्री गर्ने गरेको भन्दै पौडेलले गैँडाकोटमा उत्पादन भएको धान स्थानीय खाद्य उद्योगले खरिद गरेको बताए । “गैँडाकोटमा उत्पादन भएको धान नगरपालिकाको समन्वयमा स्थानीय जयश्री खाद्य उद्योगले खरिद गरेको छ”, उनले भने, “जिल्लाको अन्य क्षेत्रमा उत्पादन भएको धान भने कृषक आफैँले स्थानीयस्तरमा नै बिक्री गर्ने गरेका छन् ।” चैते धानको उत्पादन बढाउन सकिएको खण्डमा जिल्लाबाट अन्यत्रसमेत धान निर्यात गर्न सकिने उनको भनाइ छ ।  रासस

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ९५ जनामा कोरोना संक्रमण,२ हजार ९५७ जना संक्रमणमुक्त

४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ८१७ वटा नमूनाको परीक्षण गर्दा...

सामूहिक हत्यामा ५ जनाको संलग्नता, मुख्य योजनाकार लोकबहादुरका काका

४ असोज, काठमाडौं । संखुवासभा हत्याकाण्डको अनुसन्धानमा नयाँ ट्विस्ट आएको छ। हत्या आरोप लागेका २५ वर्षीय लोकबहादुर कार्कीमाथि अनुसन्धान गर्दै जाँदा योजनावद्ध तरिकाले तेजबहादुर...

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकाता र बैंगलोर भिड्दै

४ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र रोयल्स च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गरिरहेका छन् ।  शेख जायद...

पहिरो अवलोकन गर्न पुगेका बुटवलका मेयरलाई स्थानीयले हाने मुक्का

४ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार भएको छ । बुटवलकै ज्योतिनगर क्षेत्रका पहिरो पीडितले उनीमाथि मुक्का प्रहार गरेका हुन्...

बैतडीमा जिप दुर्घटना, ९ जना घाइते

४ असोज, बैतडी । जिल्लामा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जिप आज...