16 C
Kathmandu
 

दक्षिण अफ्रिकाकै सफल बलर डेल स्टेनले लिए टेस्टबाट सन्यास

काठमाडौं – दक्षिण अफ्रिकाका तीब्र गतिका बललर डेल स्टेनले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । ३६ वर्षका उनले ९३ टेस्टमा ४ सय ३९ विकेट लिएका छन् । जुन दक्षिण अफ्रिकी बलरको सर्वाधिक टेस्ट विकेट हो ।

टेस्टबाट सन्यास लिएका स्टेनले एकदिवसीय र टी-२० भने खेल्ने छन् । ‘आज म आफूलाई सबैभन्दा मनपर्ने क्रिकेट फम्र्याट टेस्टबाट बिदा लिँदै छु, मेरो विचारमा क्रिकेटको सबैभन्दा राम्रो पक्ष नै टेस्ट क्रिकेट हो । मानसिक, शारीरिक र भावानात्मक रुपमा नै टेस्टमा जोडिइन्छ’ सन्यास लिँदै स्टेनले भनेका छन् ।

‘अब अर्को टेस्टमा म खेल्ने छैन भन्ने घोषणा दुःखद कुरा नै हो । मेरो ध्यान अब एकदिवसीय र टी-२० क्रिकेटमा हुने छ’ उनले भने । २००८ देखि २०१४ सम्मको समयमा स्टेन टेस्ट क्रिकेटको नम्बर वान बलरमा २ सय ६३ हप्तासम्म रहेका थिए । उनले आईसीसी टेस्ट क्रिकेटर अफ दि इयरको अवार्ड २००८ मा नै जितेका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर