काठमाडौं– नेपाल राष्ट्र बैंकले यसअघि वाणिज्य तथा विकास बैंकहरुलाई दिएको बिमा अभिकर्ता अनुमति खारेज गरेको छ।
सोमबार केन्द्रीय बैंकले जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै वाणिज्य तथा विकास बैंकलाई दिइएको बिमा अभिकर्ता अनुमति खारेज गरेको हो।
मौद्रिक नीतिलाई सम्बोधन गर्न सोमबार बैंकले निर्देशिका जारी गरेको थियो। सो निर्देशिका अनुसार अब बैंकहरुले बिमा कम्पनीहरुको बिमालेख बिक्री गर्न पाउने छैनन्।केन्द्रीय बैंककै अनुमतिमा वाणिज्य तथा विकास बैंकहरुले केही वर्षयता बिमालेख बिक्री गर्दै आएका थिए।