23.1 C
Kathmandu
 

एशेजमा नाथन लायनको उत्कृष्ट बलिङले अस्ट्रेलियाको पहिलो जित

काठमाडौं – इंग्ल्याण्डसँगको टेस्ट सिरिजको पहिलो खेलमा अस्ट्रेलिया २ सय ५१ रनले विजयी भएको छ । ३ सय ९८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डको पाँचौ दिन नै १० विकेट लिँदै अस्ट्रेलियाले खेल जितेको हो ।

अस्ट्रेलियाको जितमा अन्तिम दिन नाथन लायनले ६ साथै प्याट क्युमिन्सले ४ विकेट लिए । इंग्ल्याण्डका लागि क्रिकस वोक्सले ३७ रन, जोय रुटले २८ रन र ज्यासन रोयले २८ रन मात्रै बनाउन सके । इंग्ल्याण्डले ५२.३ ओभर खेलेर १ सय ४६ रन मात्रै बनाउन सक्यो ।

अस्ट्रेलियाका लागि दोस्रो इनिङमा स्टेभेन स्मिथ र म्याथ्यु वाडेले शतक बनाएपछि अस्ट्रेलिया बलियो स्थितिमा पुगेको थियो ।टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो इनिङमा २ सय ८४ रनमा अलआउट भएको थियो । पहिलो इनिङमा पनि स्मिथले १ सय ४४ रन बनाएका थिए । इंग्ल्याण्ड पहिलो इनिङमा २ सय ७४ रन बनाउँदा अल आउट भएको थियो । इंग्ल्याण्डका लागि रोरी ब्रन्सले १ सय ३३ साथै बेन स्टोक्सले ५० रन बनाएका थिए ।

अस्ट्रेलियाले दोस्रो इनिङमा ४ सय ८७ रन बनाएर खेल छाडेको थियो । जसमा स्मिथले १ सय ४२ रन साथै वाडेले १ सय १० रन बनाएका थिए ।चौथो दिनमा नै आफ्नो दोस्रो इनिङको ७ ओभर खेलेको इंग्ल्याण्डले १३ रन बनाएको थियो । अन्तिम दिन इंग्ल्याण्डले जितका लागि ३ सय ८५ रन बनाउनुपर्ने थियो, तर नाथन लायन र प्याट क्युमिन्सको बलिङसामु ब्याट्सम्यान टिक्न सकेनन् ।

यो टेस्ट विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको पहिलो खेल भएकाले पनि जितको महत्व बढेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर