22.1 C
Kathmandu
 

बजेट पारित नभएपछि लुम्बिनी प्रदेश सभा अधिवेशन मध्यरातमा अन्त्य

१ साउन, काठमाडौं । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्त्य गरिएको छ । बजेट पारित हुन नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य गरिएको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गए राति १२ बजेदेखि प्रदेशसभाको चालु आठौं अधिवेशन अन्त्य गरेका हुन् ।

धारा १८३ को उपधारा २ बमोजिम बिहीबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको प्रदेश प्रमुखको कार्यालय प्रवक्ता चिरन्जिवी पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिहीबार आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गर्न निर्णायार्थ पेश गर्नु पहिले सत्तापक्षका सांसदहरू सदन छाडेर प्रदेशसभा बैठकबाट बाहिरिएका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर