8.4 C
Kathmandu
 

अब बैंक तथा वित्तीय संस्थाले वेबसाइटमार्फत सार्वजनिक गर्ने सामाग्री नेपाली भाषामा हुनुपर्ने

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने सामाग्री नेपाली भाषामा भएको हुनुपर्ने प्रावधान ल्याइएको छ।

नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको ‘एकीकृत निर्देशन २०७५’लाई संशोधन गर्दै थप नयाँ व्यवस्था गरेको हो।

बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने सामाग्री २०७६ पुसमसान्तसम्ममा नेपाली भाषामा सार्वजनिक गर्नुपर्ने र अबउप्रान्त सार्वजनिक हुने सामाग्रीहरु समेत नेपाली भाषामा सार्वजनिक गर्नुपर्ने नयाँ व्यवस्था गरेको हो।

साथै  बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई प्रदान गर्ने सेवासम्बन्धी जानकारी पनि ‘अडियो नोटिस बोर्ड’बाट समेत गर्नुपर्ने गरी राष्ट्र बैंकले निर्देशन संशोधन गरेको हो।

तर, यस्तो सेवा उपलब्ध गराउँदा बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग कुनै किसिमको शूल्क लिनसमेत नपाउने राष्ट्र बैंकले जनाएको छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर