8.4 C
Kathmandu
 

कुलत छुटाउन गएका व्यक्तिले सुधार केन्द्रमै गरे आत्महत्या

२० साउन, काठमाडौं । कुलत छुटाउने थलोको रुपमा परिचित सुधार केन्द्रमा भर्ना भएका एक युवकले आत्महत्या गरेका छन् ।

भक्तपुरको सूर्यविनायक-९, नंखेलको भाटेढिकुरमा रहेको नयाँ बिहानी सुधार केन्द्रमा ४४ वर्षीय माधव कार्की आत्महत्या गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी सविन प्रधानका अनुसार घटना शनिबार बिहानको हो । दोलखाको तामाकोशी-२ का कार्की ५५ दिनअघि रक्सीको लत छुटाउन केन्द्रमा भर्ना भएका थिए ।

तर, काठामा रहेको दुई तले खाटमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । अहिले उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।

सीसी टीभीमा आत्महत्याको दृश्य

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार, केन्द्रमा रहेको सीसी टीभी फुटेजमा उनले आत्महत्या गर्दै गरेको दृश्य कैद भएको छ ।

केन्द्रमा बस्ने लागूऔषध/मदिरा सेवनकर्ताको गतिविधि निगरानी गर्न सीसी टीभी राखिएको सञ्चालक बताउँछन् ।

सीसी टीभीमा उनले आफ्नै ट्रयाक सुटमा रहेको तुनाको पासो बनाएको देखिने प्रहरी बताउँछ ।

झुण्डिएको अवस्थामा भेटिएलगत्तै केन्द्रका कर्मचारीले भक्तपुर अस्पताल उपचारका लागि लगेका थिए । तर, चिकित्सकले मृत घोषित गरे ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर