21.1 C
Kathmandu
 

फोहोर व्यवस्थापन नहुँदा कालीमाटी तरकारी बजार बन्याे दुर्गन्धित

काठमाडौं । काठमाडौंको मुख्य तरकारी बजार कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले फोहर व्यवस्थापन नगर्दा बजार नै दुगन्र्धित बनेको छ ।

व्यापारीको स्टलमा समेत फोहर व्यवस्थापन नगर्दा दैनिक भान्सामा पाक्ने तरकारीको सरसफाईमा कालिमाटी बजारले लापरवाही गरेको हो ।

यो दृश्य हो काठमाडौंको तरकारी तथा फलफूल व्यापारको मुख्य केन्द्र कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको हो । विभिन्न जिल्लाहरुका साथै भारत, चीन लगायतका अन्य देशबाट आयात हुने तरकारी कालीमाटी बजार हुदै खुद्रा बजारमा पुग्छ ।

दैनिक सातदेखि आठसय टनसम्म तरकारी तथा फलफूल भित्रिने कालीमाटीमा फोहोर व्यवस्थापन भने देखिदैन । बजारको स्टलवरिपरि फोहोरको डंगुरले दुर्गन्ध फैलिएको छ । बजार आउजाउ गर्ने उपभोक्ताले नाक थुनेर हिँड्नुपर्ने अवस्था रहेको बताउछन् ।

कालीमाटी बजारमा दैनिक दुई टन भन्दा बढी फोहोर जम्मा हुन्छ । कालीमाटी तरकारी बजारबाट निस्कने कुहिने र नकुहिने फोहोर एकै ठाँउमा मिसाइएको कारणले पनि फोहोर भएको छ ।

किसानले खेतबाट जस्तो टिप्यो त्यस्तै पठाईदिने र व्यापारीले पनि आफ्नो स्टल अगाडीको फोहोर सफा नगर्ने प्रवृत्तिले फोहोरको डंगुर बढेको समितिका उपनिर्देशक विनय श्रेष्ठ बताउछन् ।

दैनिक टनका टन तरकारी भित्रिने र बाहिरिने ठाउँ कालीमाटीमा फोहोर व्यवस्थापन गर्न भने कालीमाटी तरकारी तथा फलफूल विकास समिति चुकेको देखिन्छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर