16 C
Kathmandu
 

बेजोसले किन अचानक बेचे अमेजोनको १.८ अर्बको सेयर

एजेन्सी । अमेजोनका मालिक जेफ बेजोसले हालै मात्र आफ्नो कम्पनीको १.८ अर्ब बराबरको सेयर बिक्री गरेका छन् । अमेजोनको २० वर्षको इतिहासमै त्यति धेरै शेयर पहिलोपटक बेचिएको बताइएको छ ।  जुलाइका पछिल्ला तीन दिनमा बेजोसले ९ लाख ६० हजार सेयर प्रति १९०० डलरको दरमा बिक्री गरेका हुन् ।  सो सेयर बेजोसको कूल सेयरको १.६ प्रतिशत हुन्छ । यसअघि बेजोसले १ करोड ९७ लाख बराबर सेयर पूर्वपत्नी मेकेन्जी बेजोसको नाममा पनि ट्रान्सफर गराएका थिए जसपछि उनी कम्पनीकी दोस्रो सबैभन्दा बढी सेयर हुने व्यक्ति बनेकी हुन् । अहिले कम्पनीमा उनको ४ प्रतिशत सेयर ३७ अर्ब बराबरको छ ।

तर पनि बेजोसले किन अचानक त्यति धेरै सेयर एकैपटकमा बिक्री गरे भन्नेबारे आश्चर्य जनाइनुका साथै यसलाई नकारात्मक संकेतका रुपमा समेत लिइएको छ ।  किनकि पछिल्ला चार महिनामा कम्पनीको नाफा अपेक्षा गरेभन्दा कमजोर देखिएको थियो जसले कम्पनीप्रति उनी पहिलेजति विश्वस्त नभएको जनाउन सक्छ ।
यसैले पनि उनको यति धेरै सेयर बिक्री गर्ने निर्णयबारे सबैतिर चर्चा भइरहेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर