काठमाडौं । प्रहरी चेकजाँचबाट बाँच्नका लागि तस्करहरुले विभिन्न शैली अपनाउँछन । कहिले उनीहरु त्यसमा सफल हुन्छन त कहिले पक्राउ पर्छन ।
पर्सामा यस्तै फिल्मी शैली अपनाएर लागुऔषध तस्करी गर्दै आएका एक भारतीय युवक पक्राउ परेका छन् । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको टोलीले विरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा शंका लागेपछि भारतको बिहार थाना गौनाहा भितिअर्वा ग्राम पञ्चायत-५ का २० वर्षीय महन्थ रामलाई चेकजाँच गर्न थाल्यो ।उनीसँग झोलालगायतका सामान केही देखिएन । तर प्रहरीले जब शरीर चेकजाँच गर्न थाल्यो उनको जीउभरी लागुऔषध भेटियो । जिल्ला प्रहरी कार्यालयका अनुसार भारतबाट नेपाल आउँदै गरेका महन्थले कम्मर खुट्टामा बाँधेर अबैध लागुऔषध भेटियो । उनी भारतको रक्सौलबाट विरगंजतर्फ पैदल आउँन लागेका थिए । उनको साथबाट लागुऔषध इन्जेक्सन नुर्फिम १०० पिस, फेनार्गन १०० पिस र डाईजेल्याब १०० पिस बरामद भएको छ ।