22.1 C
Kathmandu
 

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो, निजी गाडीमा जोरबिजोर प्रणाली

६ असार, काठमाडौं ।  काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार व्यापार व्यवसाय समय तोकेर चलाउन दिने निर्णय भएको छ ।

प्रजिअहरूको बैठकले गरेको निर्णय अनुसार असार ८ गतेदेखि लागु हुने निषेधाज्ञामा कपडा पसल, भाडा पसल लगायत भिडभाड कम हुने व्यवसाय प्रशासनद्वारा निर्धारित समयावधी बमोजिम सञ्चालन गर्न पाइनेछ । यस्तै निजी सवारी साधनमा जोरबिजोर लागु गरिएको छ । पछिल्लो समय थप गरिएको निषेधाज्ञामा सार्वजनिक सवारी साधन भने चल्न पाउने छैनन् ।

विकास निर्माणका कामहरू बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । सरकारी कार्यालयको हकमा स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइनेछ । पछिल्लो एकसाता जारी गरेको निषेधाज्ञा सोमबार राति १२ बजे सकिँदैछ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ३८९९ जनामा कोरोना संक्रमण, थप १७७८ संक्रमणमुक्त

१२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २...

पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले सफाइ दियो

१२ साउन, काठमाडौं । पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । मंगलबार उच्च अदालत पाटनले...

तालिबानको आक्रमण विफल, २८ आतंककारी मारिए

१२ साउन, तालुकान । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान सहरमा तालिबान लडाकुले गरेको आक्रमण विफल भएको छ । ती लडाकुहरु सो सहर...

प्रधानमन्त्रीलाई डा. गोविन्द केसीले पठाए पत्र

काठमाण्डाै – स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले स्वार्थको द्वन्द्व हुने व्यक्तिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व नदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई...

सुनको भाउ तीन सय रुपैयाँले घट्यो

काठमाण्डौ - आज सुनको भाउ घटेको छ । सुन हिजो तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज तीन सय रुपैयाँले घटेर...