22.1 C
Kathmandu
 

काठमाडौं उपत्यकामा फेरी निषेधाज्ञा थप्ने प्रशासनको तयारी

६ असार, काठमाडौं। असारको दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’को प्रसंग चलिरहेका बेला उपत्यका प्रशासनले जारी निषेधाज्ञालाई १० दिनसम्म लम्ब्याउने तयारी गरेको छ। उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा थप्ने तयारी गरिरहेको जनाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंकाका अनुसार महामारी नियन्त्रणबाहिर नजाओस् भनेर उपत्यकाका तीन जिल्लामा अहिलेकै मोडालिटीको निषेधाज्ञालाई निरन्तरता दिन लागिएको हो।

उपत्यकाको संक्रमण दरलाई आधार बनाएर निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै लाने बताइएको छ। थप गरिने निषेधाज्ञालाई कसरी व्यवस्थित गर्ने भनी छलफल भइरहेको काठमाडौं प्रशासनको भनाइ छ। अहिले संक्रमण दरबारे समीक्षा भइरहेको जनाइएको छ। समीक्षाको निष्कर्षलाई हेरेर निषेधाज्ञाको मोडालिडी बन्ने प्रशासनको भनाइ छ।

ललितपुर प्रशासनले पनि केही क्षेत्रमा खुकुलो गरी बढीमा १० दिनसम्म निषेधाज्ञा थप गर्ने कुरा भइरहेको जनाएको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बुधबारको बैठकले असार ७ गतेपछि जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने निर्णय गरिसकेको छ। सो बैठकले निजी तथा सार्वजनिक सवारीसाधन पनि चल्न दिने गरी स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो। आज (आइतबार) उपत्यकाका तीन प्रजिअको बस्ने बैठकले जारी निषेधाज्ञाको निरन्तरता, मोडालिटी परिवर्तनबारे निर्णय लिने बताइएको छ। उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा आउने सोमबारसम्मका लागि मात्रै कायम रहनेछ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ३८९९ जनामा कोरोना संक्रमण, थप १७७८ संक्रमणमुक्त

१२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २...

पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले सफाइ दियो

१२ साउन, काठमाडौं । पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । मंगलबार उच्च अदालत पाटनले...

तालिबानको आक्रमण विफल, २८ आतंककारी मारिए

१२ साउन, तालुकान । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान सहरमा तालिबान लडाकुले गरेको आक्रमण विफल भएको छ । ती लडाकुहरु सो सहर...

प्रधानमन्त्रीलाई डा. गोविन्द केसीले पठाए पत्र

काठमाण्डाै – स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले स्वार्थको द्वन्द्व हुने व्यक्तिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व नदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई...

सुनको भाउ तीन सय रुपैयाँले घट्यो

काठमाण्डौ - आज सुनको भाउ घटेको छ । सुन हिजो तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज तीन सय रुपैयाँले घटेर...