22.1 C
Kathmandu
 

इरानको राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित

६ असार, दुबई । इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधानन्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भएका छन् । न्यून मतदान भएको यसपटकको राष्ट्रपति निर्वाचनमा इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त राइसीले भारी मत प्राप्त गरेका थिए । सन् १९८८ मा हजारौँ राजनीतिक बन्दीहरुको सामूहिक हत्याको आरोप खेप्दै आएका राइसीमाथि संयुक्तराज्य अमेरिकाले प्रतिबन्ध लगाएको छ । साथै, उनमाथि सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदा धेरै मानिसलाई मृत्युदण्ड दिने गरी फैसलाहरु गरेको आरोप छ ।

यसपटकको राष्ट्रपति निर्वाचनमा सुधारवादी पक्षधरहरुको उमेदवारी नै रद्द गरिएका कारण पनि राइसीले चुनाव सहजै जित्ने अनुमान गरिएको थियो । यसपटक चारजना मात्र चुनावी मैदानमा थिए । इरानी सर्वोच्च नेता खामेनीको संयोजकत्वमा गठित समितिले उमेदवार छनोटमा मनोमानी गरेको भन्दै त्यसको विपक्षमा रहेकाहरुले मतदान बहिस्कार गर्न आह्वान गरेका कारण कम मतदान भएको अड्कल गरिएको छ । धेरै मानिस मतदान गर्न जानुको साटो घरमै बसेका थिए ।

इरानमा कुल पाँच करोड ९० लाख मतदातामध्ये करिब दुई करोड ८९ लाखले मात्र मतदान गरेका थिए । मतदानमा सहभागीमध्ये पनि करिब ३७ लाखको मतपत्र बदर भएको छ । इरानी राज्य नियन्त्रित टेलिभिजनले कम मतदाता सहभागी हुनुमा कोरोनाभाइरस महामारी र अमेरिकी प्रतिबन्धहरु मुख्य रुपमा जिम्मेवार रहेको जनाएको छ । एम्नेस्टी इन्टरनेसनलका महासचिव आग्नेस कालामार्डले इब्राहिम राइसीमाथि मानव हत्या, जबर्जस्ती बेपत्ता र यातनाजस्ता मानवताविरोधी अपराधको अनुसन्धान हुनुको साटो राष्ट्रपतिमा निर्वाचित हुनु विडम्बना रहेको बताएका छन् ।

आधिकारिक घोषणामा राइसीले समग्रमा एक करोड ७९ लाख मत प्राप्त गरेको देखाइएको छ । कुल मतदान भएकोमध्ये राइसीले झन्डै ६२ प्रतिशत मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका पूर्वकट्टरपन्थी रिभोल्युसनरी गार्डका कमान्डर मोहसेन रेजाईले ३४ लाख मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपति हस्सन रौहानीको समर्थनप्राप्त केन्द्रीय बैंकका पूर्वप्रमुख अब्दोलनास्सेर हेम्माटीले २४ लाख मत प्राप्त गरी तेस्रो स्थानमा रहे । अमिरहोसेन घाजीजादेह हाशेमीले १० लाखभन्दा कम मत प्राप्त गरेका थिए ।

मतगणनाको नतिजा सार्वजनिक गर्दै गृहमन्त्री अब्दोलरेजा रहमानी फाज्लीले बदर भएको मतको संख्या खुलाएका थिएनन् । सन् २०१७ र २०१२ मा भएका मतदानमा करिब १२ लाख मत बदर भएका थिए । इरानमा चुनावमा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अनुगमनका लागि अनुमति दिइएको छैन । सिरियाका राष्ट्रपति बसार असादले राइसीलाई राष्ट्रपति पदमा निर्वाचित भएको भन्दै तत्कालै बधाई दिएका छन् । इरानका राष्ट्रपतिहरु प्रायः सबै दुई कार्यकाल पदमा रहेका छन् । इरानमा राष्ट्रपतिको कार्यकाल चार वर्षको हुन्छ । रासस/एपी

 

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ३८९९ जनामा कोरोना संक्रमण, थप १७७८ संक्रमणमुक्त

१२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २...

पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले सफाइ दियो

१२ साउन, काठमाडौं । पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । मंगलबार उच्च अदालत पाटनले...

तालिबानको आक्रमण विफल, २८ आतंककारी मारिए

१२ साउन, तालुकान । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान सहरमा तालिबान लडाकुले गरेको आक्रमण विफल भएको छ । ती लडाकुहरु सो सहर...

प्रधानमन्त्रीलाई डा. गोविन्द केसीले पठाए पत्र

काठमाण्डाै – स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले स्वार्थको द्वन्द्व हुने व्यक्तिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व नदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई...

सुनको भाउ तीन सय रुपैयाँले घट्यो

काठमाण्डौ - आज सुनको भाउ घटेको छ । सुन हिजो तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज तीन सय रुपैयाँले घटेर...