22.1 C
Kathmandu
 

युरोकप फुटबलमा आज दुई खेल हुँदै

६ असार, काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) दुई खेलहरु हुँदैछन् । प्रतियोगिता अन्तर्गत समूह चरणको खेलमा आज दुई खेल हुन लागेका हुन् । आज समूह ‘ए’ को दुई खेल हुनेछ । आज हुने खेलमा इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । सोही समयमा स्वीजरल्यान्ड र टर्की भिड्ने छन् । दुबै खेल एकै समयमा हुनेछ । खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

रोममा हुने खेलमा जित निकाल्दै इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा हुनेछ । इटालीले यसअघिका दुई खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान बनाइ सकेको छ ।आजको खेलमा जित निकाल्दै इटाली समूह विजेता बन्न चाहन्छ । इटालीले २ खेलमा ६ अंक जोडेको इटाली तालिकाको शीर्ष स्थानमा छ ।

वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्ने योजनामा छ । वेल्सले २ खेलमा ४ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा स्वीजरल्यान्ड र टर्कीबीच खेल हुनेछ । बाकुमा हुने खेल राति ९ः४५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै आफूलाई तालिकामा बलियो बनाउने योजनामा छ । स्वीजरल्यान्ड २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा छ । टर्की भने पहिलो अंकको खोजीमा हुनेछ । समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेको छैन ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ३८९९ जनामा कोरोना संक्रमण, थप १७७८ संक्रमणमुक्त

१२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २...

पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले सफाइ दियो

१२ साउन, काठमाडौं । पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । मंगलबार उच्च अदालत पाटनले...

तालिबानको आक्रमण विफल, २८ आतंककारी मारिए

१२ साउन, तालुकान । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान सहरमा तालिबान लडाकुले गरेको आक्रमण विफल भएको छ । ती लडाकुहरु सो सहर...

प्रधानमन्त्रीलाई डा. गोविन्द केसीले पठाए पत्र

काठमाण्डाै – स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले स्वार्थको द्वन्द्व हुने व्यक्तिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व नदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई...

सुनको भाउ तीन सय रुपैयाँले घट्यो

काठमाण्डौ - आज सुनको भाउ घटेको छ । सुन हिजो तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज तीन सय रुपैयाँले घटेर...