19 C
Kathmandu
 

आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजबाट

४ असार, काठमाडौं । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजबाट सुरु हुँदै छ । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत आज भारत र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्दै छन् । साउथह्याम्पटनमा हुने फाइनल टेस्ट नेपाली समयानुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । दुवै टोलीको लक्ष्य पहिलो संस्करणको उपाधि उचाल्ने हुनेछ । करिब दुई वर्षसम्म टिमहरुले टेस्ट क्रिकेट खेल्दा भारत शीर्ष स्थानमा र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

विराट कोहलीको कप्तानीमा मैदानमा उत्रने भारतलाई सहज जितको अपेक्षा हुनेछ । केन विलियम्सनको कप्तानीमा उत्रने न्युजिल्यान्ड भारतलाई सहजै हराउने योजनामा छ । दुई टोलीबीचको पछिल्लो पाँच टेस्टमा भारत बलियो देखिएको छ । भारतले तीन खेल जित्दा न्युजिल्यान्डले दुई खेल जितेको छ । टेस्ट च्याम्पियनसिपका लागि भारतले आफ्नो सुरुवाती ११ सार्वजनिक गरिसकेको छ । न्युजिल्यान्डले भने आफ्नो सुरुवाती ११ सार्वजनिक गरेको छैन् ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ९५ जनामा कोरोना संक्रमण,२ हजार ९५७ जना संक्रमणमुक्त

४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ८१७ वटा नमूनाको परीक्षण गर्दा...

सामूहिक हत्यामा ५ जनाको संलग्नता, मुख्य योजनाकार लोकबहादुरका काका

४ असोज, काठमाडौं । संखुवासभा हत्याकाण्डको अनुसन्धानमा नयाँ ट्विस्ट आएको छ। हत्या आरोप लागेका २५ वर्षीय लोकबहादुर कार्कीमाथि अनुसन्धान गर्दै जाँदा योजनावद्ध तरिकाले तेजबहादुर...

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकाता र बैंगलोर भिड्दै

४ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र रोयल्स च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गरिरहेका छन् ।  शेख जायद...

पहिरो अवलोकन गर्न पुगेका बुटवलका मेयरलाई स्थानीयले हाने मुक्का

४ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार भएको छ । बुटवलकै ज्योतिनगर क्षेत्रका पहिरो पीडितले उनीमाथि मुक्का प्रहार गरेका हुन्...

बैतडीमा जिप दुर्घटना, ९ जना घाइते

४ असोज, बैतडी । जिल्लामा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जिप आज...