8.4 C
Kathmandu
 

इ–सिगेरट सेवनपछि १४ जना अस्पताल भर्ना

एजेन्सी । अमेरिकाको विस्कन्सिन र इलिओनिसका १४ जना किशोर र वयश्कहरु  ‘भेपिङ’ अर्थात इ–सिगरेटको सेवनका कारण शुक्रबार अस्पताल भर्ना हुनु परेको दुवै स्टेटका स्वास्थ्य अधिकारीले बताएका हुन् ।

विस्कन्सिनमा मात्र ११ जनामा फोक्सो सम्बन्धी गम्भीर रोग देखिएको हो । अधिकारीहरुका अनुसार गत जुलाइमा मात्र यस प्रकारका आठ भन्दा बढी घटना रिपोर्ट गरिएको छ । यता इलिओनिसमा भने भेपिङपछि तीन युवाहरुमा स्वासप्रस्वास सम्बन्धी समस्या देखिएको थियो । यस्तोमा ती उत्पादनहरु कहाँबाट ल्याइएको र त्यसमा हुन सक्ने विषाक्त रसायन सम्बन्धी अहिले अनुसन्धान भइरहेको छ । स्वास्थ्य विभागले भनेको छ, ‘तिनका नामबारे अझै तिव्र खोजी भइरहेको छ ।’

यसरी कतिपय युवाहरु सास फेर्न नसकेकै कारण भेन्टिलेटर र आइसीयुमा समेत राख्नुपरेको बताइएको छ । अन्य अवस्थामा स्वस्थ युवाहरुमा भेपिङपछि मात्र त्यस किसिमको समस्या देखा परेको हो । यसबीच संक्रमणका कारण फोक्सोमा समस्या हुन सक्ने शंका गरिएतापनि परीक्षणका क्रममा भने नकारात्मक नतिजा निस्किएको हो । त्यसैले अहिले अनुसन्धानकर्ताहरु उनीहरुले भेपिङका लागि कस्तो तरल पदार्थको प्रयोग गरे भन्नेबारे गम्भीरतापूर्वक खोजी गरिरहेका छन् । छुट्टाछुट्टै ठाउँमा भएपनि दुवै घटना इ–सिगरेटसँगै जोडिएको पाइएको हो । त्यसको सेवन गरिसकेपछि युवाहरुमा सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, थकान हुने र कतिपय अवस्थामा बेस्सरी छाती दुख्ने गरेको बताइएको छ । तर फोक्सोको समस्या भने यसअघि कहिल्यै पनि देखा परेको थिएन ।

यस्तोमा अमेरिका लङ असोसिएसनले इ–सिगरेटले फोक्सोमा पुर्याइरहेको हानिबारे गम्भीर चिन्ता व्यक्त गरेको छ । तिनमा प्रयोग हुने केमिकल विषाक्त हुन सक्ने समेत उनीहरुको भनाइ छ । तरपनि वैज्ञानिकहरु त्यसले फोक्सोमा कसरी रोग उत्पन्न गराउन सक्यो भनेर आश्चर्य जनाइरहेका छन् ।

यसरी युवाहरुमाझ अत्यन्तै लोकप्रिय इ–सिगरेटले यो भन्दा अगाडि पनि धेरैको ज्यान लिइसकेको छ । तरपनि भेपिङ चरोट भन्दा कम हानिकारक हुन्छ भन्ने विश्वासमा यसको प्रयोग दिन प्रति दिन बढ्दै गइरहेको छ । चुरोटको लत हटाउन मानिसहरु यसको सहायता लिइरहेका छन् जसकारण पनि यसले निम्त्याउने दुर्घटनाहरु वृद्धि भइरहेको र अझै धेरैलाई हानि पुर्याउन सक्ने बताइएको छ । इ– सिगरेट विद्युतिय चुरोट हो जसभित्रको केमिकल मार्फत धुँवा निस्किन्छ । यसलाई मोबाइल जसरी चार्ज गरेर भित्रको तरल पदार्थ नसकिएसम्म प्रयोग गरिरहन सकिन्छ ।  सीएनएन

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर