22.1 C
Kathmandu
 

पोखरीमा डुबेर धनुषामा ५ बालिकाको ज्यान गयो

२८ जेठ, जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनियामा आज पाँच बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । जिल्लाको दक्षिणी भेग नेपाल–भारतको सिमानामा पर्ने मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ स्थित एकै गाउँका पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया नातिनी चाँदनी र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता रहेको प्रहरीले जनाएको छ । स्थायनीय हुलास यादवको खेतमा खनिएको करिब नौ फिट गहिरो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो, निजी गाडीमा जोरबिजोर प्रणाली

६ असार, काठमाडौं ।  काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज...

पछिल्लो २४ घण्टामा मुलुकभर २४४२ जनामा कोरोना संक्रमण, थप ३४५६ संक्रमणमुक्त

६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर...

काठमाडौं उपत्यकामा फेरी निषेधाज्ञा थप्ने प्रशासनको तयारी

६ असार, काठमाडौं। असारको दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’को प्रसंग चलिरहेका बेला उपत्यका प्रशासनले जारी निषेधाज्ञालाई १० दिनसम्म लम्ब्याउने तयारी गरेको छ। उपत्यकाका तीन जिल्ला...

इरानको राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित

६ असार, दुबई । इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधानन्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भएका छन् । न्यून मतदान भएको यसपटकको राष्ट्रपति निर्वाचनमा इरानका...

युरोकप फुटबलमा आज दुई खेल हुँदै

६ असार, काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) दुई खेलहरु हुँदैछन् । प्रतियोगिता अन्तर्गत समूह चरणको खेलमा आज दुई खेल हुन...