22.1 C
Kathmandu
 

काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी

२८ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता थपिन सक्ने संकेत देखिएको छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुहरुले अनौपचारिक रुपमा केही खुकुलो पार्दै थप एक साता निषेधाज्ञा थपिन सक्ने संकेत गरेका हुन ।

उपत्यकामा गत वैशाख १६ गतेबाट निरन्तर निषेधाज्ञा जारी छ । जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी नै रहेकाले थप के गर्ने भन्नेबारे आइतबारसम्म निर्णय हुन सक्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक चलिरहेको र अहिले केही निर्णय नभएको काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन् ।

उपत्यकामा पछिल्लो समय संक्रमण र मृत्युदर घट्दो क्रममा छ । तर, सरकारको प्रभावकारी स्वास्थ्य व्यवस्थापनको अभावमा जनजीवन सहज भएसँगै कोरोना संक्रमणको दर बढ्न सक्ने चिन्ता पनि सरोकारवालाले व्यक्त गर्दै आएका छन् । नागरिकस्तरमा भने निषेधाज्ञा हट्नुपर्ने र स्वास्थ्य मापदण्ड अपनाएर जनजीवन सहज पार्नुपर्ने माग उठ्दै आएको छ । सरकारले निषेधाज्ञा मात्रै गर्ने र अन्य व्यवस्थापनमा ध्यान नदिएको भन्दै नागरिकस्तरमा सरकारी कदमको विरोध हुँदै आएको छ । अहिले उपत्यकामा अत्यावश्यकबाहेकका सबै सेवा ठप्प छन् ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो, निजी गाडीमा जोरबिजोर प्रणाली

६ असार, काठमाडौं ।  काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज...

पछिल्लो २४ घण्टामा मुलुकभर २४४२ जनामा कोरोना संक्रमण, थप ३४५६ संक्रमणमुक्त

६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर...

काठमाडौं उपत्यकामा फेरी निषेधाज्ञा थप्ने प्रशासनको तयारी

६ असार, काठमाडौं। असारको दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’को प्रसंग चलिरहेका बेला उपत्यका प्रशासनले जारी निषेधाज्ञालाई १० दिनसम्म लम्ब्याउने तयारी गरेको छ। उपत्यकाका तीन जिल्ला...

इरानको राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित

६ असार, दुबई । इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधानन्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भएका छन् । न्यून मतदान भएको यसपटकको राष्ट्रपति निर्वाचनमा इरानका...

युरोकप फुटबलमा आज दुई खेल हुँदै

६ असार, काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) दुई खेलहरु हुँदैछन् । प्रतियोगिता अन्तर्गत समूह चरणको खेलमा आज दुई खेल हुन...