23.1 C
Kathmandu
 

आजबाट युरोकप सुरु हुँदै

२८ जेठ, काठमाडौं । कोरोना महामारीका कारण एक वर्षपछि सरेको युरोपेली च्याम्पियनसिप अर्थात युरोकप २०२० आजदेखि सुरु हुँदैछ । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगिता आजबाट (शुक्रबार) सुरु हुँदैछ । कोरोना महामारीका कारण एक वर्षपछि धकेलिएको हो । प्रतियोगिताको उद्घाटन खेल इटालिमा हुनेछ ।

इटालीको रोममा हुने पहिलो खेलमा घरेलु टोली इटाली र टर्कीले प्रतिस्पर्धा गर्नेछन् । ओलम्पिक स्टेडियम हुने उद्घाटनखेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै दुबै टोली प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनामा छन् । प्रतियोगिताको उपाधि दावेदार रहेको इटाली यो पटक उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ ।

प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा यो पटकको युरोकप युरोपका ११ सहरमा आयोजना हुनेछ । जुलाई ११ मा सकिने युरोकपमा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल लन्डनको वेम्बली स्टेडियममा हुनेछ । वेम्बली स्टेडियममा भने दर्शकहरुलाई छिर्न स्विकृत दिएको छ ।

यस्तो छ युरोकपको समूह विभाजन :
समूह ‘एं’ – इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड
समूह ‘बी’ – डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया
समूह ‘सी’ – नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह ‘डी’ – इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक
समूह ‘ई’ – स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया
समूह ‘एफ’ – हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो, निजी गाडीमा जोरबिजोर प्रणाली

६ असार, काठमाडौं ।  काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज...

पछिल्लो २४ घण्टामा मुलुकभर २४४२ जनामा कोरोना संक्रमण, थप ३४५६ संक्रमणमुक्त

६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर...

काठमाडौं उपत्यकामा फेरी निषेधाज्ञा थप्ने प्रशासनको तयारी

६ असार, काठमाडौं। असारको दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’को प्रसंग चलिरहेका बेला उपत्यका प्रशासनले जारी निषेधाज्ञालाई १० दिनसम्म लम्ब्याउने तयारी गरेको छ। उपत्यकाका तीन जिल्ला...

इरानको राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित

६ असार, दुबई । इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधानन्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भएका छन् । न्यून मतदान भएको यसपटकको राष्ट्रपति निर्वाचनमा इरानका...

युरोकप फुटबलमा आज दुई खेल हुँदै

६ असार, काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) दुई खेलहरु हुँदैछन् । प्रतियोगिता अन्तर्गत समूह चरणको खेलमा आज दुई खेल हुन...