19.1 C
Kathmandu
 

आयुर्वेद चिकित्सकमाथि हातपात गर्ने पक्राउ

२८ जेठ, कर्णाली । प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालको ढोकानजिक सामूहिक हातपात गर्ने तीनजनालाई प्रहरीले बिहीबार साँझ कालागाउँबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका तीनैजना नाबालक हुन् ।

प्रदेश आयुर्वेद अस्पतालबाट घर फर्किने क्रममा अस्पतालका प्रमुख डा. शंकर रिजाल, डा. यादव उपाध्याय र वैद्य लोकप्रसाद रेग्मीमाथि सामूहिक हातपात भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद घर्तीले मदिरा सेवन गरी हातपात गरेको खुल्न आएको र विस्तृत अनुसन्धानपछि थप वास्तविकता पत्ता लाग्ने बताए ।

आयुर्वेद अस्पताल प्रमुख डा. रिजालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न कार्यालयको तर्फबाट प्रहरीसमक्ष लिखित निवेदन दिएका छन् । “घटनामा अरु कुनैको संलग्नता छ कि नाबालकको यो समूह मात्रै हो भन्ने बुझ्न बाँकी छ,” जिल्ला प्रहरी प्रवक्ता घर्तीले भने । रासस

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर