27.1 C
Kathmandu
 

राजमार्ग छेउमा बेवारिसे अवस्थामा रहेको तीन किलो यार्सागुम्बा फेला

बर्दिया – पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दियाको बाँसगढी नजिक राजमार्ग छेउबाट बेवारिसे अवस्थामा रहेकाे ३ किलो ५० ग्राम यार्सागुम्बा प्रहरीले फेला पारेको छ ।

इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक बसन्त गौतमको कमाण्डमा रहेको गस्ती टोलीले शनिबार बेलुका पूर्वपश्चिम राजमार्ग अन्तरगत सडकको उत्तरतर्फ झाडीमा प्लाष्टिकको बोराभित्र रातो प्लाष्टिकमा सिंंगो तथा टुक्रा पारेर राखिएको ३ किलो ५० ग्राम जडीबुटी यार्सागुम्बा फेला पारेकाे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताउनुभयो ।

बोराभित्र दुईवटा प्लाष्टिकमा टुक्रा टुक्रा पारेर राखिएको ९ सय ५० ग्राम तथा सिंंगो २ किलो १०० ग्राम यार्सागुम्बा फेला पारेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर