22.1 C
Kathmandu
 

जोर्डनसँग नेपाल ३-० ले पराजित

२५ जेठ, काठमाडौं । सन् २०२२ को विश्वकप छनोट र एसिया कप २०२३ को अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।  सोमबार भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको हो । जावेर अल आहमद स्टेडियममा भएको खेलमा जोर्डनलाई जित दिलाउन बाहा फेजलले दुई गोल गरे । त्यस्तै एजान अल अरबले एक गोल गरे । खेलमा पहिलो हाफमा १–० गोलले पछि भएको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो ।

जोर्डनका लागि खेलको २४ औं मिनेटमा बाहा फेजलले पेनाल्टीमार्फत गोल गर्दै जोर्डानलाई अग्रता दिलएका थिए । ४९ मा फेजलले गोल गर्दै जोर्डनको अग्रता दोब्बर बनाए । खेलको ६७ औँ मिनेटमा अल अरबले गोल गर्दै टिमलाई ३–० गोलको जित दिलाएका थिए । नेपाल पहिलो लेगमा पनि ३–० गोलले पराजित भएको थियो । जितसँगै जोर्डनले समूह ‘बी’को दोस्रो स्थानमा आफूलाई स्थापित गरेको छ । लिगमा ६ खेल खेलेको जोर्डानले १३ अंक जोडेको छ । शीर्ष स्थानको अष्ट्रेलियाको ५ खेलबाट १५ अंक छ ।
- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो, निजी गाडीमा जोरबिजोर प्रणाली

६ असार, काठमाडौं ।  काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज...

पछिल्लो २४ घण्टामा मुलुकभर २४४२ जनामा कोरोना संक्रमण, थप ३४५६ संक्रमणमुक्त

६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर...

काठमाडौं उपत्यकामा फेरी निषेधाज्ञा थप्ने प्रशासनको तयारी

६ असार, काठमाडौं। असारको दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’को प्रसंग चलिरहेका बेला उपत्यका प्रशासनले जारी निषेधाज्ञालाई १० दिनसम्म लम्ब्याउने तयारी गरेको छ। उपत्यकाका तीन जिल्ला...

इरानको राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित

६ असार, दुबई । इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधानन्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भएका छन् । न्यून मतदान भएको यसपटकको राष्ट्रपति निर्वाचनमा इरानका...

युरोकप फुटबलमा आज दुई खेल हुँदै

६ असार, काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) दुई खेलहरु हुँदैछन् । प्रतियोगिता अन्तर्गत समूह चरणको खेलमा आज दुई खेल हुन...