22.1 C
Kathmandu
 

प्रदेश २ मा मुख्यमन्त्री राउतले गरे ठाकुर पक्षका चार मन्त्रीलाई बर्खास्त

२४ जेठ, जनकपुरधाम ।  प्रदेश २ का एक मन्त्री र ३ राज्यमन्त्रीसहित ४ जनालाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका छन् । बर्खास्तीमा पर्नेहरुमा जसपाका महन्थ ठाकुर पक्षीय मन्त्रीहरु रहेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले सामाजिक सञ्जालमा एक मन्त्री र ३ राज्य मन्त्री सहित ४ मन्त्रीलाई बर्खास्त गरिएको बताएका छन् ।

उनका अनुसार बर्खास्तीमा पर्नेमा महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, भौतिक विकास पूर्वाधार राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा र उद्योग वन पर्यटन राज्य मन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको छ ।प्रदेश २ मा जसपाकै उपेन्द्र यादवका मुख्यमन्त्री लालबाबु राउत रहेका छन् । आजै यादव पक्षले राउतलाई संसदीय दलको नेता चयन गरेको थियो । जसपाको पार्टी भित्रको विवाद केन्द्र हुँदै प्रदेशसम्म देखिन थालेको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो, निजी गाडीमा जोरबिजोर प्रणाली

६ असार, काठमाडौं ।  काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज...

पछिल्लो २४ घण्टामा मुलुकभर २४४२ जनामा कोरोना संक्रमण, थप ३४५६ संक्रमणमुक्त

६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर...

काठमाडौं उपत्यकामा फेरी निषेधाज्ञा थप्ने प्रशासनको तयारी

६ असार, काठमाडौं। असारको दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’को प्रसंग चलिरहेका बेला उपत्यका प्रशासनले जारी निषेधाज्ञालाई १० दिनसम्म लम्ब्याउने तयारी गरेको छ। उपत्यकाका तीन जिल्ला...

इरानको राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित

६ असार, दुबई । इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधानन्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भएका छन् । न्यून मतदान भएको यसपटकको राष्ट्रपति निर्वाचनमा इरानका...

युरोकप फुटबलमा आज दुई खेल हुँदै

६ असार, काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) दुई खेलहरु हुँदैछन् । प्रतियोगिता अन्तर्गत समूह चरणको खेलमा आज दुई खेल हुन...