23.1 C
Kathmandu
 

नेपालले स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक सिरिज स्पेनमा खेल्ने

२३ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्पेनमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले सिरिज स्पेनमा हुने कुरा अगाडि बढेको जानकारी दिए । आईसीसीको आधिकारिक पत्र आउनेबित्तिकै सिरिज पक्का हुने उनले बताए । जुलाईमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्पेनमा हुने भएको हो । स्कटल्यान्डले स्पेनमा सिरिज गर्न पहल गरेको थियो । सिरिजका विषयमा स्पेनको लोकल गभर्मेन्टले पनि स्वीकृति दिइसकेको सचिव प्याकुरेलले बताए ।

“स्पेनमा सिरिज गर्नका लागि धेरै आन्तरिक कुरा सकिसकेको छ । हामी केही कुराको छलफल अझै गरिरहेका छौँ । सिरिज स्पेनमा हुने पक्का नै छ । तर, आईसीसीको आधिकारीक पत्र कुर्न बाँकी छ,” सचिव प्याकुरेलले भने  । लिगअन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । नेपाल ४ खेलबाट ४ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ । ओमान १० खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा छ । १२ खेलाबट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो, निजी गाडीमा जोरबिजोर प्रणाली

६ असार, काठमाडौं ।  काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज...

पछिल्लो २४ घण्टामा मुलुकभर २४४२ जनामा कोरोना संक्रमण, थप ३४५६ संक्रमणमुक्त

६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर...

काठमाडौं उपत्यकामा फेरी निषेधाज्ञा थप्ने प्रशासनको तयारी

६ असार, काठमाडौं। असारको दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’को प्रसंग चलिरहेका बेला उपत्यका प्रशासनले जारी निषेधाज्ञालाई १० दिनसम्म लम्ब्याउने तयारी गरेको छ। उपत्यकाका तीन जिल्ला...

इरानको राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित

६ असार, दुबई । इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधानन्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भएका छन् । न्यून मतदान भएको यसपटकको राष्ट्रपति निर्वाचनमा इरानका...

युरोकप फुटबलमा आज दुई खेल हुँदै

६ असार, काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) दुई खेलहरु हुँदैछन् । प्रतियोगिता अन्तर्गत समूह चरणको खेलमा आज दुई खेल हुन...