23.1 C
Kathmandu
 

गुल्मीमा खुकुरी प्रहार

गुल्मी , मदाने गाउँपालिका १ अग्लुङ्गका बसन्त बोहोरा माथि खुकुरी प्रहार भएको छ । मदिरा सेवन गरेका सोह स्थानका बाबुराम चन्दले शनिबार राति बोहारा माथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मीन घलेले बताए ।

सामान्य बिबादको कारण खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरीको चोटबाट गम्भीर घाइते भएका बोहोराको टाउकामा चोट लागेको छ । बोहोरालाई गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने चन्दलाई इलाका प्रहरी कार्यालय पुर्कोटदहको टोलीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकोे प्रहरी नायव उपरीक्षक घलेले बताए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर