27.1 C
Kathmandu
 

रामपुरमा त्रिविको इन्जिनियरिङ क्याम्पस रोक्ने एएफयूको चेतावनी

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)लाई हेटौंडामा भवन निर्माण नगर्न पाटन उच्च अदालतले आदेश दियो । एएफयूले  हेटौंडा-१० स्थित फरेस्ट्रीमा वन संकायको भवन निर्माण थालेपछि त्रिभुवन विश्वविद्यालय (टियू)ले उच्च अदालतमा मुद्दा दायर गरेको थियो । पाटन उच्च अदालतको हेटौंडा इजलासले साउन ३ गते जारी अन्तरिम आदेशलाई नै सदर गरिदियो ।

साउन ३ गते न्यायाधीश चण्डिराज ढकालको एकल इजलासले विवादित जग्गाको रुख काट्ने तथा सो जग्गामा कुनै पनि संरचना निर्माण गर्नेलगायतका काम नगर्न नगराउन अन्तरीम आदेश जारी गरेको थियो । त्यसपछि साउन ८ गते दुवै पक्षलाई छलफलमा बोलाएको थियो । दुवै पक्षका कुरा सुनेपछि अदालतले साउन ३ गतेकै अन्तरीम आदेशलाई निरन्तरता दिएको हो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर