24.1 C
Kathmandu
 

२ लाख लुटेर फरार भएका अभियुक्त प्रहरीको फन्दामा

भक्तपुर , मनी ट्रान्सफरबाट पैसा निकालेर लैजाँदै गर्दा एक महिलाको साथबाट दुई लाख रुपैयाँ लुटेर फरार रहेका एक अभियुक्त लागू औषधसहित पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त ठिमीले पैसा लुट्ने समूहका मुख्य नाइके सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ बस्ने २९ वर्षे पदम तिमिल्सिनालाई लागू औषधसहित पक्राउ गरेको हो ।

गत २४ असोजमा सल्लाघारीस्थित मनी ट्रान्सफरबाट पैसा निकालेर घर जाँदै गर्दा निकोसेरा बस्ने जया कोइराला लुटिएकी थिइन् । लुटपाटमा संलग्न सुजन तामाङ र प्रविन तामाङलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो । घटनाका मुख्य योजनाकार तिमिल्सिना भने फरार थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर