सुन्दर यातायातले अब यातायात संचालन गर्ने निश्चित भएको छ । उसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटनका लागि निम्तो समेत दिइसकेको छ । काठमाडौं उपत्यकाभित्र विद्युतीय सार्वजनिक यातायात संचालनमा आउने भएको छ । सम्भवतः साउनको अन्तिम हप्ता या भदौको पहिलो हप्ताबाट बस सेवा संचालनमा आउनेछ । विद्युतीय यातायातमा अवरोध खडा गर्न चौतर्फी चलखेल भएको र अवरोध पार गर्न प्रधानमन्त्री ओलीको साथ लिनुपरेको खुलासा सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले रिपोर्टर्स क्लब नेपालमा बोल्दै अवरोध फुकाउन प्रधानमन्त्री ओलीले ठाडो निर्देशन दिएको खुसाला गरे । यातायातविरुद्ध निकै षड्यन्त्र भएको र अन्तमा जित हासिल गरिएको बताए ।
विद्युतीय यातायातलाई असफल बनाउन धेरै तिरबाट चलखेल भएपनि सुन्दर यातायात सक्रिय भएर सफलता हासिल गरिछाड्यो ।
सुन्दर यातायातले भदौको पहिलो हप्तासम्ममा विद्युतीय सार्वजनिक यातायात शुरु गर्ने
