27.9 C
Kathmandu
 

भारत र वेष्ट ईन्डिज बिचको टी-२० आज, युवा खेलाडीलाई माैका

भारत र वेस्ट इण्डिजबीचको पहिलो टी-२० शनिबार हुँदैछ । विश्वकपपछिको पहिलो सिरिज खेल्न लागेका भारत र वेस्ट इण्डिजबीचको टी-२० राति सवा ८ बजेपछि सुरु हुनेछ ।

विराट कोहलीको कप्तानीमा रहेको भारतीय टिममा आज शिखर धवनले पुनरागमन गर्ने भएका छन् । विश्वकपमा घाइते भएपछि बीचमै प्रतियोगिता छोडेका धवनले यो सिरिजबाट कमब्याक गर्न लागेका हुन् ।

यसैगरी यो सिरिजलाई युवा खेलाडीले आफूलाई सिद्ध गर्ने मौकाको रुपमा पनि लिइएको छ । भारतका मनिष पाण्डे तथा श्रेयस अय्यर पनि भारतीय टिममा रहेका छन् ।

टी-२० मा वेस्ट इण्डिज पनि बलियो टिम भएकाले भारतसँगको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको छ । तर वेस्ट इण्डिजका आन्द्रे रसेल भने घाइते भएकाले टिममा नपरेको जनाइएको छ ।

भारत र वेस्टइण्डिजबीचको सिरिजमा तीन ओटा टी-२०, तीन ओटा एकदिवसीय र दुई ओटा टेस्ट क्रिकेट सामेल छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर