19.1 C
Kathmandu
 

अफ्रिकामा कोरोना संक्रमितको संख्या ४६ लाखभन्दा बढी

२ जेठ,  अदिस अबाबा । अफ्रिकामा पुष्टि भएका कोभिड–१९ संक्रमितको संख्या ४६ लाख ७७ हजार ७९८ पुगेको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शनिबार जानकारी गराएको छ ।

अफ्रिकामा कोभिड–१९ को महामारीबाट प्रभावित संक्रमितमध्ये ४२ लाख ३२ हजार ९७४ व्यक्ति संक्रमणमुक्त भएका छन् भने मृत्यु भएका संक्रमितको संख्या एक लाख २५ हजार ८९० पुगेको ५५ सदस्यीय अफ्रिकी युनियनको विशेष स्वास्थ्य निकाय अफ्रिका सीडीसीले पुष्टि गरेको छ ।

अफ्रिका सीडीसीका अनुसार दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया, इथियोपिया र इजिप्ट देशहरू महादेशमा सबैभन्दा बढी संक्रमित हुने देशहरू हुन् । संक्रमित संख्याको हिसाबले दक्षिण अफ्रिका सबैभन्दा बढी प्रभावित क्षेत्र हो । उत्तर अफ्रिका र पूर्वी अफ्रिकी मुलुकहरू पनि बढी प्रभावित रहेका छन् भने यस महाद्वीपमा मध्य अफ्रिका सबैभन्दा कम प्रभावित क्षेत्र हो । दक्षिण अफ्रिकामा शनिबारसम्म १६ लाख आठ हजार ३९३ संक्रमित फेला परेका छन् भने दोस्रो बढी प्रभावित मानिएको अफ्रिकी मुलुक मोरक्कोमा पाँच लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ । रासस/एएनआई/सिन्ह्वा

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर