22.1 C
Kathmandu
 

चीनतर्फबाट हुने सगरमाथा आरोहणमा चीनले लगायो रोक

१ जेठ, काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही आरोहीमा संक्रमण देखिएपछि चीनले उच्च सावधानी अपनाउँदै आरोहणमा रोक लगाएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चिनियाँ सरकारी निकायले शुक्रबार एक सूचना जारी गर्दै सगरमाथा आरोहणको अनुमति बन्द गरिएको जानकारी दिएको छ । चीनले यो सिजनमा ३८ जनालाई सगरमाथा आरोहणको अनुमति दिएको जसमध्ये सबै चिनियाँ नागरिक थिए । तर, नेपालले भने यो सिजनमा ४०८ जनालाई आरोहण अनुमति दिएको थियो ।

महामारीका कारण गत वर्ष भने दुवै देशले सगरमाथा आरोहणको अनुमति दिएका थिएनन् । मे महिना सगरमाथा आरोहणका लागि सबैभन्दा उपयुक्त मानिन्छ । केही आरोहीले यो साता आरोहण गरेका छन् भने केहीले यो महिनाको अन्त्यमा आरोहण गर्ने अपेक्षा गरिएको छ । चीनले यसअघि सगरमाथाको चुचुरोमा विभाजन रेखा कोरेर आफ्नो तर्फबाट आरोहण गरेका आरोहीलाई नेपालतर्फबाट आरोहण गरेकाहरुसँग मिसिन नदिने योजना बनाएको थियो ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो, निजी गाडीमा जोरबिजोर प्रणाली

६ असार, काठमाडौं ।  काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज...

पछिल्लो २४ घण्टामा मुलुकभर २४४२ जनामा कोरोना संक्रमण, थप ३४५६ संक्रमणमुक्त

६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर...

काठमाडौं उपत्यकामा फेरी निषेधाज्ञा थप्ने प्रशासनको तयारी

६ असार, काठमाडौं। असारको दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’को प्रसंग चलिरहेका बेला उपत्यका प्रशासनले जारी निषेधाज्ञालाई १० दिनसम्म लम्ब्याउने तयारी गरेको छ। उपत्यकाका तीन जिल्ला...

इरानको राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित

६ असार, दुबई । इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधानन्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भएका छन् । न्यून मतदान भएको यसपटकको राष्ट्रपति निर्वाचनमा इरानका...

युरोकप फुटबलमा आज दुई खेल हुँदै

६ असार, काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) दुई खेलहरु हुँदैछन् । प्रतियोगिता अन्तर्गत समूह चरणको खेलमा आज दुई खेल हुन...