24.1 C
Kathmandu
 

पछिल्लो २४ घण्टामा मुलुकभर ८५२० जनामा कोरोना संक्रमण, थप ६१३५ संक्रमणमुक्त

३१ वैशाख, काठमाडौं ।  पछिल्लो २४ घण्टामा ८ हजार ५२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्।

त्यस्तै यस अवधिमा थप २०३ जनाको कोरोनाबाट मृत्यु भएको छ। योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ।  यस दिन कुल २१ हजार ४ सय ७८ जनाको नमुना परीक्षण गरिएको थियो। जसमा २० हजार ९४८ जनाको पिसिआर र ५३० जनाको एन्टिजेन परीक्षण भएको थियो।

यस दिन ६ हजार १३५ जना कोरोनाबाट निको भएका छन्। एकै दिन निको भएको यो संख्या अहिलेसम्मकै उच्च हो। हाल देशभर १ लाख ७ हजार ३३६ जना सक्रिय संक्रमित रहेका छन्।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर