22.1 C
Kathmandu
 

सांसदहरूलाई आजदेखि कोरोना खोपको दोस्रो डोज दिइने

३१ वैशाख,  काठमाडौं । प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संघीय संसद् सचिवालयका कर्मचारीलगायतलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप दिन सुरु गरिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आज बिहान १० बजेदेखि सुरु भएको खोप कार्यक्रम दिउँसो ४ बजेसम्म सञ्चालन हुने संसद् सचिवालयले जनाएको छ ।

पहिलो डोज खोप लागाएको आठ हप्ता पूरा भएका सभामुख, अध्यक्ष, उपाध्यक्षलगायत प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सदस्यहरुलाई आजदेखि जेठ २ गतेसम्म कोभिसिल्ड खोपको दोस्रो डोज दिइनेछ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरु, स्वकीय सचिवलगायत कर्मचारीहरु, मर्यादापालक तथा सुरक्षासँग सम्बन्धित सबै कर्मचारी र संसदीय मामिला पत्रकारलाई पनि खोप लगाइने जनाइएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो, निजी गाडीमा जोरबिजोर प्रणाली

६ असार, काठमाडौं ।  काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज...

पछिल्लो २४ घण्टामा मुलुकभर २४४२ जनामा कोरोना संक्रमण, थप ३४५६ संक्रमणमुक्त

६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर...

काठमाडौं उपत्यकामा फेरी निषेधाज्ञा थप्ने प्रशासनको तयारी

६ असार, काठमाडौं। असारको दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’को प्रसंग चलिरहेका बेला उपत्यका प्रशासनले जारी निषेधाज्ञालाई १० दिनसम्म लम्ब्याउने तयारी गरेको छ। उपत्यकाका तीन जिल्ला...

इरानको राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित

६ असार, दुबई । इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधानन्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भएका छन् । न्यून मतदान भएको यसपटकको राष्ट्रपति निर्वाचनमा इरानका...

युरोकप फुटबलमा आज दुई खेल हुँदै

६ असार, काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) दुई खेलहरु हुँदैछन् । प्रतियोगिता अन्तर्गत समूह चरणको खेलमा आज दुई खेल हुन...