22.1 C
Kathmandu
 

सीईबीडी हाइड्रोपावरको आईपीओ बाँडफाँड आज

३१ वैशाख,  काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज बिहान ११ बजे आईपीओ बाँडफाड गर्न लागेको हो ।

कम्पनीले यही वैशाख १७ देखि २१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

उक्त आईपीओमा १७ लाख ३६ हजार ७०० आवेदकबाट २ करोड ६३ लाख ४५ हजार ५०० कित्ता सेयर माग भएको थियो । जसमध्ये १६ लाख ८५ हजार  ६२७ आवेदकको २ करोड ४७ लाख ७ हजार १०७ कित्ता भेरिफाइ भएको थियो । जसमध्ये ४ हजार ४४२ आवेदकको ६१ हजार ३७२ कित्ताको आवेदन अयोग्य भएको छ । यस्तै, ४८ हजार ३२२ आवेदकको आवेदन भेरिफाइ गर्ने क्रममा रद्द हुँदा १६ लाख ३७ हजार ६५९ आवदकलाई गोलाप्रथाबाट सेयर बाँडफाँड हुने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

सर्वसाधारणमा निष्कासन भएको २३ लाख ४१ हजार ९५४ कित्ता सेयर धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार १० कित्ताको दरले बाँडफाँड गर्दा २ लाख ३४ हजार १९५ आवेदकले १० कित्ता पाउनेछन् भने सोमध्ये ४ जना आवेदकलाई थप १ कित्ता भाग आउनेछ । बाँकी रहेका १४ लाख ३ हजारभन्दा बढी आवेदकको हात खाली हुनेछ ।

कम्पनीले जारी पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । कम्पनी आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी आईएस रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

कम्पनीका चारवटा जलविद्युत् आयोजना निर्माणाधीन छन् भने तीनवटा आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा छन् । कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत् कम्पनी र ०.१८ मेगावटको स्यागेखोला जलविद्युत् आयोजना गरी दुईवटा हाइड्रोपावर परियोजना सञ्चालन छन् ।

कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दीखोला जलविद्युत् लिमिटेड तथा खारेखोला जलविद्युत् कम्पनी लिमिटेड गरी तीनवटा आयोजनाहरु निर्माण भइरहेका छन् । साथै, कम्पनीको लगानी रहेको संखुवासभाको मकालु गाउँपालिका–२ मा ४५ मेगावटको कसुवाखोला जलविद्युत् आयोजना पनि निर्माणको क्रममा रहेको छ ।

सन् २००९ मा स्थापना सीईडीबी हाइड्रोपावर लिमिटेडको चालु आवमा प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५ पैसा र प्रतिसेयर खुद सम्पत्ति १३८ रुपैयाँ ७९ पैसा रहेको छ । कम्पनीले आव २०७५/०७६ मा १०.५४ प्रतिशत र २०७६/०७७ मा ७.३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, आगामी आवमा पनि लाभांश प्रदान गर्ने समेत प्रक्षेपण गरेको छ । साधारण सेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो, निजी गाडीमा जोरबिजोर प्रणाली

६ असार, काठमाडौं ।  काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज...

पछिल्लो २४ घण्टामा मुलुकभर २४४२ जनामा कोरोना संक्रमण, थप ३४५६ संक्रमणमुक्त

६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर...

काठमाडौं उपत्यकामा फेरी निषेधाज्ञा थप्ने प्रशासनको तयारी

६ असार, काठमाडौं। असारको दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’को प्रसंग चलिरहेका बेला उपत्यका प्रशासनले जारी निषेधाज्ञालाई १० दिनसम्म लम्ब्याउने तयारी गरेको छ। उपत्यकाका तीन जिल्ला...

इरानको राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित

६ असार, दुबई । इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधानन्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भएका छन् । न्यून मतदान भएको यसपटकको राष्ट्रपति निर्वाचनमा इरानका...

युरोकप फुटबलमा आज दुई खेल हुँदै

६ असार, काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) दुई खेलहरु हुँदैछन् । प्रतियोगिता अन्तर्गत समूह चरणको खेलमा आज दुई खेल हुन...