23.1 C
Kathmandu
 

देउवाले बोलाए पदाधिकारी बैठक

३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन्। आज अपराह्न ४ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी देउवाले बैठक बोलाएका हुन्।

बैठकमा महतो-ठाकुरले गरेको प्रस्ताव बारे छलफल हुने बताइएको छ। देउवा नेतृत्वको सरकार बनाउन महतो-ठाकुर तयार भएको बैठकमा सहभागी एक नेताले दाबी गरे। उनले पदाधिकारी बैठक पछि देउवाले प्रधानमन्त्रीमा दाबी गर्ने उनले बताए।

जसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूसँगको छलफललगत्तै देउवाले पदाधिकारी बैठक डाकेका हुन्। देउवा निवासमा चलेको बैठकमा सभापति देउवा सहित महामन्त्री पूर्णबहादुर खड्का, प्रमुख सचेतक बालकृष्ण खाँडको पनि सहभागिता रहेको छ।

स्रोतका अनुसार नयाँ सरकार बनाउने बारे निर्णायक छलफल भएको थियो। जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो फ्याक्टर मिलेको खण्डमा देउवाको सत्तारोहण सम्भव छ। नत्र त्यो सम्भावना टर्ने छ। बहुमतको सरकार गठनका लागि आह्वान भएको तीन दिनको समयसीमा पनि आज राती ९ बजे सकिँदै छ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो, निजी गाडीमा जोरबिजोर प्रणाली

६ असार, काठमाडौं ।  काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज...

पछिल्लो २४ घण्टामा मुलुकभर २४४२ जनामा कोरोना संक्रमण, थप ३४५६ संक्रमणमुक्त

६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर...

काठमाडौं उपत्यकामा फेरी निषेधाज्ञा थप्ने प्रशासनको तयारी

६ असार, काठमाडौं। असारको दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’को प्रसंग चलिरहेका बेला उपत्यका प्रशासनले जारी निषेधाज्ञालाई १० दिनसम्म लम्ब्याउने तयारी गरेको छ। उपत्यकाका तीन जिल्ला...

इरानको राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित

६ असार, दुबई । इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधानन्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भएका छन् । न्यून मतदान भएको यसपटकको राष्ट्रपति निर्वाचनमा इरानका...

युरोकप फुटबलमा आज दुई खेल हुँदै

६ असार, काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) दुई खेलहरु हुँदैछन् । प्रतियोगिता अन्तर्गत समूह चरणको खेलमा आज दुई खेल हुन...