22.1 C
Kathmandu
 

हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु

३० वैशाख, झापा ।  मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज झापामा एक व्यक्तिले ज्यान गुमाएका छन्। कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गएको हो।

उनलाई आज बिहान ५ बजे जङ्गली हात्तीले रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलभित्रको सडकमा आक्रमण गरेको थियो। जङ्गली हात्तीको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो।

मर्निङवाकमा निस्किएका लिम्बूलाई २१ नम्बर वाहिनी अड्डाको पश्चिमतर्फको जङ्गलको भित्री बाटोमा हिँड्दै गर्दा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।रासस

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ३८९९ जनामा कोरोना संक्रमण, थप १७७८ संक्रमणमुक्त

१२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २...

पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले सफाइ दियो

१२ साउन, काठमाडौं । पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । मंगलबार उच्च अदालत पाटनले...

तालिबानको आक्रमण विफल, २८ आतंककारी मारिए

१२ साउन, तालुकान । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान सहरमा तालिबान लडाकुले गरेको आक्रमण विफल भएको छ । ती लडाकुहरु सो सहर...

प्रधानमन्त्रीलाई डा. गोविन्द केसीले पठाए पत्र

काठमाण्डाै – स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले स्वार्थको द्वन्द्व हुने व्यक्तिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व नदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई...

सुनको भाउ तीन सय रुपैयाँले घट्यो

काठमाण्डौ - आज सुनको भाउ घटेको छ । सुन हिजो तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज तीन सय रुपैयाँले घटेर...