18.1 C
Kathmandu
 

तस्करको सक्रियता बढ्यो तातोपानी नाकामा

सिन्धुपाल्चोक । तातोपानी नाका पहिलेदेखि चर्चाको ठाँउ, नहोस् पनि किन चिनसंग जोड्ने चर्चित नाका । भुकम्पपछि बन्द भएको नाका खुलेको धेरै भएको छैन । नाका खुलेको दुई महिना नबित्दै तातोपानी नाकामा तस्करी बढ्न थालेको छ ।

प्राप्त समाचारअनुसार गएको ८ गते बा ९ च ६८ नम्बरको सेतो बुलेरोमा मादक पदार्थ रक्सीको अबैध धन्दा सुरु भएको थियो । उनान्सत्तरी हजारको मादक पदार्थ सिमा प्रहरी चौकी तातोपानीले बरामद गरेको हो । सिमा ससस्त्र प्रहरी बल तातोपानीले छाडेको मादक पदार्थ नेपाल प्रहरीले समातेको हो । नेपाल र चिनियाँ भुभागमा मादक पदार्थ अबैध छ तर मादक पदार्थ कसरी आयो प्रस्न खडा भएको छ ।

प्रहरीले सामान बरामद गरेपछी छुटाउन स्थानीय नेकपाका कार्यकर्ताहरुले सामान लगेपनी गाडी र मान्छे छोडाउन लागि परेको एक स्थानीयले बताए । प्रहरीले गाडी र सामान छुटाउने भनेर मुचुल्का गरेपछी भन्सारमा बुझाएर कानुनी कार्वाही अघि बढाएको भन्सारले जनाएको छ । भन्सार सूचना प्रमुख केशव ओलीले राष्ट्रवाणी डट कमलाई दिएको जानकारी अनुसार ६९ हजारको सामान रहेकोमा भन्सार नियमअनुसार १ लाख १८ हजार ५६५ राखेर ड्राइभर धरौटीमा छुटेको छ । उनले भने – ‘ड्राइभर धरौटीमा छुटे पनि गाडी मालिकलाई बोलाएर बयानअनुसार कारबाही अघि बढाइने छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर